व्यवस्थापिका संसदमा २७ बुँदे संकल्प प्रस्तावमा आजबाट छलफल सुरु

बैशाख २७, काठमाण्डौ –व्यवस्थापिका संसदमा भूकम्प पीडित जनताको उद्धार, राहत र पुनर्स्थापना तथा पुननिर्माणका लागि पेश भएको २७ बुँदे संकल्प प्रस्तावमा आजबाट छलफल सुरु हुँदै छ । संविधानसभाका प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका तर्फबाट मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका प्रमुख सचेतकहरुले पेश गरेका े साझा संकल्प प्रस्तावमा आबाट छलफल सुरु हुने भएका हो ।

संसदको बैठक आज विहान ११ बजेका लागी तए भएको छ . प्रस्तावमा आज र भोली सम्मछलफल गरे पछि पारीत गरीने संसद सचिवालयले जनाएको छ । राष्ट्रिय विपदीको अवस्थामा एकताको सन्देश दिन दलहरुले साझा संकल्प प्रस्ताव पेश गर्दै पीडित जनताको पक्षमा काम गर्ने जनाएका हुन् ।
प्रस्तावमा शुक्रबार प्रधानमन्त्री सुशील कोइरालाले संसदमा घोषणा गरेका विषयलाई नै समेटिएको छ । प्रस्ताव पेश गर्दै कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सबै मतान्ततर बिर्सिएर एक ठाउँमा उभिएको बताउनुभयो ।
प्रस्तावमा भूकम्प पीडितको राहत, पुनर्स्थापना, र पुननिर्माणको कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउने उल्लेख छ । पीडित नागरिकलाई नयाँ घर निर्माण नभएम्म भरपर्दो अस्थायी वासस्थान, खाद्यान्न, पिउने पानी, औषधी, सुरक्षाको व्यवस्था गर्ने, पीडितको वर्गिकरण गरि निष्पक्ष र प्रभावकारी रुपमा राहत पुर्याउने, परिचयपत्रको व्यवस्था गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, फजुल खर्च कटौती गर्ने, भैपरी आउने खर्चलाई व्यवसीथत बनाउने, पीडितका लागि सरकारले गर्ने सम्पूर्ण कामको अनुगमन, सुझाव, निर्देशन दिन संसदले राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समिति बनाउने प्रस्ताव गरिएको छ ।