नेपाल र बङ्गलादेशवीच उपाधि भिडन्त आज

बैशाख १२, काठमाण्डौ- इरानलाई २–० ले हराएपछि बङ्गलादेशले आयोजक तथा साबिक विजेता नेपालसँगको एएफसी १४ वर्षमुनिको महिला क्षेत्रीय प्रतियोगिताको फाइनल भिडन्त पक्का गरेको छ ।

यसअघि नेपालकी निर्मला उपाध्यायले ४४औँ मिनेटमा निर्णायक गोल गरेपछि चिरपरिचत प्रतिद्वन्द्वी भारतलाई पाखा लगाएर नेपाल फाइनलमा पुगेको थियो । दशरथ रङ्गशालामा भएको दोस्रो सेमिफाइनलमा बङ्गलादेशकी कप्तान कृष्णा रानीले पहिलो हाफको २९औँ मिनेटमा अग्रता दिलाइन् भने मार्जियाले ६२औँ मिनेटमा गोल थपेपछि फाइनल यात्रा सहज भयो ।
प्रतियोगिताको उपाधि भिडन्तका लागि फाइनल खेल अाज दशरथ रङ्गशालामा दिउँसो ४ बजे नेपाल र बङ्गलादेशवीच हुनेछ भने अपराह्न १ बजे भारत र इरान तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।