प्रम कोइराला आज बैकक प्रस्थान गर्दै

बैशाख १२, काठमाण्डौ – इन्डोनेसिया भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइराला आज राजधानी जाकर्ताबाट थाइल्याण्डको बैंकक प्रस्थान गर्दै हुनुहुन्छ ।

स्थानीय समयअनुसार बिहान ११ बजे बैंककका लागि प्रस्थान गर्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बैंकक पुगी प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य परीक्षण गराउनुहुने उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
नौ दिने विदेश भ्रमणमा रहेका प्रधानमन्त्री कोइराला हिजो बाङडुङमा भएको एशियाली–अफिकी सम्मेलनको हिरक महोत्सवको अवसरमा आयोजित सम्मेलनमा सहभागी हुनुभएको थियो । एशियाली अफ्रिकी शिखर सम्मेलनका लागि प्रधानमन्त्री कोइराला सोमबार इन्डोनेसिया जानुभएको थियो ।