सर्लाहीको लालबन्दीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

वैशाख १०,सर्लाही– सर्लाहीको लालबन्दीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । लालबन्दी–७ का रमेश उप्रेतीको १० वषिर्षा छोरी स्मृति उप्रेतीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिमेकीको बिहेमा गएकी बालिका घर नफकिर्कपछि खोजी गर्दा पोखरीमा डुबेको अवस्थामा भेटिएपछि तत्कालै उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।