अस्ट्रेलियामा तुफान, ३ जनाको मृत्यु, ९ हजार जना उद्दारको पर्खाईमा

वैशाख ९,काठमाण्डौ – अस्ट्रेलियामा तुफानबाट तीन जनाको मृत्यु भएकनो छ। झण्डै एकसय जनाको उद्दार गरिएको बिबिसीले जनाएको छ ।न्यू साउत वेल्स शहरमा आएको बाढीबाट २ लाखभन्दा धेरैको घरमा बिजुली काटिएको समाचारमा बताइएको छ।

अस्ट्रेलियाको मौसम पुर्वानुमान महाशाखाले त्यहाँ अझै हावाहुरीसँगै ठूलो पानी पर्ने संभावना रहेकाले सबैलाई सतर्क रहन अपील गरेको छ। सिड्नी नजिकै ल्वारा जिल्लामा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको छ ।

आपत्कालिन सेवा केन्द्रमा अहिलेसम्म झण्डै ९ हजारले उद्दारको लागि फोन गरेका बिबिसीमा जनाइएको छ ।