जाजरकोटमा थप आठजनामा स्वाइन फ्लु पुष्टि

वैशाख ७,जाजरकोट– महामारीको रुपमा फैलिएको स्वाइन फ्लु जाजरकोटबाट संकलन गरेर ल्याइएको नमुना परीक्षण गर्दा थप आठजनामा पुष्टि भएको छ।जिल्लाका पजारु र पैंक गाविसबाट ल्याइएको बिरामीको स्याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा स्वाइन फ्लु पुष्टि भएको चिकित्सकहरुले बताएका छन्।

यसअघि हेलिकोप्टरबाट ल्याइएको १२ नमुना परीक्षण गर्दा तीनजनामा स्वाइन फ्लु पुष्टि भएको थियो। स्वास्थ्य सेवा विभागअन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाबाबुराम मरासिनीका अनुसार रोग प्रभावित क्षेत्रबाट संकलन गरेर ल्याइएको थप नमुनाको पनि परीक्षण भइरहेको जानकारि दिनुभयो। महामारी फैलिएको तीन सातामा केन्द्रमा ३० जना बिरामीको मात्र नमुना परीक्षण भएको हो।