आइपिएलमा मुम्बई र राजस्थान विजयी

वैशाख ७,काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा मुम्बई इन्डियन्स् र राजस्थान रोयल्स बिजयी भएका छन् । आइतबार भएका खेलमा मुम्बई इन्डियन्स्ले रोयल च्यालेन्जर्स बैङ्लौर तथा राजस्थान रोयल्स्ले चेन्नई सुपर किङ्सलाई हराएका हुन् ।

चेन्नइ सुपर किंगलाई ८ विकेटले पराजित गर्दै राजस्थान समूहको शीर्ष स्थानमा कायमै रहेको छ । चेन्नइले दिएको १ सय ५७ रनको लक्ष्य राजस्थानले १० बल बाँकी छँदा २ विकेटको क्षतिमा भेट्टायो । पहिले ब्याटिङ्ग रोजेको चेन्नेइले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।
यस्तै अर्को खेलमा मुम्बई इन्डियन्स्ले रोयल च्यालेन्जर्स बैङ्लौरलाई १८ रनले हराएको छ । टस हारेर ब्याटिङ गरेको मुम्बईले ७ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बैङ्लोरले ७ विकेटकै क्षेतिमा १ सय ९१ रनमात्र जोड्न सक्यो । आइपिएलमा सोमबार दिल्ली डेयर डेभिल्स् र कोलकत्ता नाईटराईडर्सबीच खेल हुनेछ ।