सर्वोच्चमा न्यायाधीश नियुक्तिको पहल

बैशाख ६, काठमाण्डौ – सर्वोच्च अदालतमा न्यायाधिस नियुक्तिका विषयमा छलफल गर्न न्याय परिषद्को बैठक आज दिउँसो बस्दैछ । दिउँसो २ बजे बस्ने तय गरिएको बैठकमा सर्वोच्च अदालतमा स्थायी र अस्थायी न्यायाधिश नियुक्तिका विषयमा छलफल केन्द्रीत हुनेछ ।
सर्वोच्च अदालतमा ३ जना स्थायी न्यायाधिशको पद खाली छ भने मुद्दाको चापका आधारमा अस्थायी न्यायाधिश नियुक्ति गर्ने प्रावधान रहेको छ ।