आइपीएल क्रिकेटको आठौं संस्करणको तेस्रो खेलमा राजस्थान रोयल्स विजयी

चैत्र २८, काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको आठौं संस्करणको तेस्रो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । पुनेमा गए राति भएको खेलमा राजस्थानले किंग्स इलेभेन पन्जाबमाथि २६ रनको जितको निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धा्रित २० ओभरमा ७ विकेटको नोक्सानीमा १६२ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि जेम्स फल्कनरले ४६ रनको सर्वा्धिक पारी खेल्दा स्टेभेन स्मिथ ३३, दीपक हुड्डाले ३० रनको योगदान दिए ।
बलिङतर्फ पन्जाबका अनुरीत सिंहले एक्लैले ३ विकेट झारे । जवाफमा १६३ रनको लक्ष्य पछ्याएर क्रिजमा ओलिर्लको पन्जाब पूरा ओभर खेल्दै १३६ रनमै समेटियो । पन्जाबले आफ्ना भरपर्दा ब्याट्सम्यान वीरेन्द्र सेहवागलाई पहिलो बलमै गुमाएको थियो ।