श्रीमतीको हत्या गरेर श्रीमान फरार

चैत २७,परासी- नवलपरासीको बिकट पहाडी गाविस अर्खालामा एक व्यक्तिले आफ्नो श्रीमतिको हत्या गरेका छन् ।

जिल्लाको बिकट पहाडी गाबिस अर्खाल ९ कोखेटारमा स्थानिय २४ बर्षिय हम बहादुर बिकले आफ्नै श्रीमति २१ बर्षिय रिता बिकको हत्या गरेका हुन् । हत्या गरेर हत्यारा हम बहादुर फरार रहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी सहायक निरीक्षक सरोज श्रेष्ठले जानकारी दिनु भयो ।
घटना स्थलमा हिजो अबेर मात्रै इलाका प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक हरि बरुवालको नेत्रित्वमा टोलि पुगेको छ । अहिले हत्यारा हम बहादुरलाई पक्राउ गर्न जिल्लाका ब्यापक रुपमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।