राष्ट्रपति र ओलीबीच भेटबार्ता

चैत्र २६,काठमाडौ- राष्ट्रपति डा. रामवरण यादव र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच संविधान निर्माण प्रक्रियाको पछिल्लो अवस्था बारेमा आज कुराकानी भएको छ ।

राष्ट्रपतिलाई भेट्न शितल निवास पुग्ने भएका एमाले अध्यक्ष ओलीले संविधान निर्माण प्रक्रियाअघि बढाउन संविधान सभाको बैठक बोलाइएको र विपक्षी मोर्चासंग पनि छलफल भइरहेको जानकारी दिनुभएकोथियो ।
राष्टपति यादवले संविधान निर्माण प्रक्रियामा दलहरुबीच जारी विवादको बारेमा जिज्ञाशा राख्नु भएको थियो । भेटपछि संचारकर्मीसंग कुरा गर्दै एमाले उपाध्यष विद्याभण्डारीले ३० गते सम्म विपक्षी दलहरुलाई सहमतिको लागि प्रयास गर्ने र सहमति हुन नसके प्रक्रियामार्फत संविधान लेखन कार्य अघि बढाउने जानकारी गराएको बताउनु भयो । राष्टपति यादवले सकेसम्म सबै दलहरुवीच सहमति गरेर मात्र संविधान लेखन प्रत्रियया अघि बढाउन आग्रह गरेको उपाध्यक्ष भण्डारीले जानकारी दिनभयो ।