ग्यास्ट्रिकबाट यसरी बच्नुहोस्

काठमाडौँ – ग्यास्ट्रिक अहिले अधिकांश नेपालीको समस्या बनेको छ । एक अध्ययन अनुसार ८० प्रतिशत नेपालीमा यो समस्या रहेको छ ।ग्यास्ट्रिक बिग्रदै जाँदा अल्सरमा परिणत हुने , अल्सर बिग्रिएपछि क्यान्सर हुन सक्ने हुदा यसर्थ समयमै सर्तक रहनु र स्वास्थयमा ध्यान दिनु बाट बच्ने अचुक उपाय हो ।

यहाँ केहि उपायहरु दिईएका छन्, जसमा ग्यास्ट्रिकलाई नियन्त्रण गर्नुका साथै उपचारको बारेमा पनि उल्लेख गरिएको छ ।gastrik

ग्यास बनाउने खाद्यपदार्थ नखानुस्

ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण हो, ग्यास बनाउने खालका खानेकुरा । केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी पेटमा ग्यास बनाउने खालका खाद्यपदार्थ हुन् । ग्यास बन्ने अर्को कारण हो, लामो समयसम्म भोको रहनु ।

समयमा खाना खाने गर्नुहोस्

नियमित रुपमा खाना खाने बानी गर्नाले ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ । बिहान नास्ता पनि नगर्नु र दिउँसो एकसाथ खाना खानु गलत बानी हो । यसले ग्यास्ट्राइटिसको समस्या उत्पन्न हुन्छ । यसबाट बच्न नियमित रुपमा खाना खानुपर्छ । खाना खाँदा चपाएर मात्र खानुपर्छ ।

कम मसालेदार खाना

बढी तेल र मसाला मिसाएको खाना पनि ग्यास्ट्रिकको कारण हुन सक्छ । यसैले यस्ता कुरा मिसाइएको खानेकुराबाट बच्नुहोस् । खानामा सधैं हरियो तरकारी सामेल गर्नुहोस्, पेट पूरै भरिनुभन्दा खान मन लाग्दालाग्दै उठ्नुहोस् । यसबाट खाना राम्ररी पच्छ । साथै ध्यान दिनुहोस्, खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुहोस् ।

रक्सीबाट बच्नुहोस्

बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ । यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन । तर, रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ ।

थोरै खानुहोस्, नियमित खानुहोस्

ग्यास्ट्रिकको समस्या पेटसंग सम्बन्धित समस्या हो । त्यसैले पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ । धेरै खानाले पनि ग्यास्ट्रीकको समस्यालाई असर गर्छ । यसका अलावा खानामा ल्याक्टोज र ग्लूटनजस्ता आहार लिनबाट बच्नुहोस् ।

के हो त उपचार ?

ग्यास्ट्रिकमा पेटमा बन्ने एसिड कम गर्न प्रभावकारी औषधि एन्टासिड या अन्य औषधि दिइन्छ । अन्यथा एसिड फुलेको क्षेत्रमा बढी जलन पैदा गर्ने कारण बन्न सक्छ । साथै ग्यास्ट्राइटिसका दौरान एस्पिरिन र नन स्टेराइडल–एन्टी इन्फ्लेमेटरी जस्ता औषधि दिनबाट बच्नुपर्छ वान्लीमाइहेल्थ मा लेखिएको छ ।