कार्यालयको सेवा चन्द्रनिगाहपुरमा विस्तार गर्ने निर्णय फिर्ता

चैत्र २१, सिराहा- सरकारले रौतहटको सदरमुकाम गौरमा रहेको मालपोत, नापी शाखा लगायतको कार्यालयको सेवा चन्द्रनिगाहपुरमा विस्तार गर्ने निर्णय फिर्ता लिएको छ ।
सरकारी कार्यालय चन्द्रनिगाहपुरमा खोल्ने निर्णयपछि गौरबासी आन्दोलित भएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले हिजो साँझ विज्ञप्ति जारी गरी विज्ञप्तिमा आपूmले गरेको सेवा केन्द्रको विस्तारको निर्णय गौरमा उत्पन्न परिस्थितिलाई ध्यानमा राखी फिर्ता लिएको उल्लेख गर्नुभएको छ ।
तर विरोधमा आन्दोलनरत उद्योग वाणिज्य संघ रौतहटले आन्दोलन जारी नै रहेको जनाएको छ । सरकारको मौखिक प्रतिबद्घतामाथि विश्वास नरहेको भन्दै लिखित जवाफ नआएसम्म आन्दोलन जारी राख्ने आन्दोलनकारीहरुले बताएका छन् ।