सगरमाथा आरोहणका लागि १५ जनाको टोली सोलुखुम्बुमा

चैत्र २०, सोलुखुम्बु- विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यस वर्ष पहिलो पटक १५ जनाको टोली सोलुखुम्बु आइपुगेको छ । पर्यटन मन्त्रालयबाट स्वीकृत लिएर उनीहरु सगरमाथा प्रदुषण नियन्त्रण समितिको सम्र्पकमा आएका हुन् । पर्वतारोहोण गर्ने सबैले सगरमाथा प्रदुषण नियन्त्रण समितिसँग अनिवार्य सम्पर्क राख्नुपर्ने प्रावधान छ ।

यस वर्ष पहिलो पटक हाइ एटिच्युड ड्रिम्स नामक एजेन्सीबाट १५ जनाको टोली सोलुखुम्बु आइपुगेका समितिलाई उद्धृत गर्दै लुक्लाबाट हाम्रा समाचारदाता विमला पुकुर्टीले जानकारी दिनुभएको छ । उनीहरुले प्रवेशाज्ञा लिइसकेकाले अब हिमाल आरोहणका लागि सगरमाथा आधार शिवीरतर्फ जाने बताइएको छ ।