थ्रीस्टारलाई रुस्लानको २२ लाखको प्रायोजन

चैत्र १९,काठमाण्डौ- ललितपुरको थ्रीस्टार क्लवले रुस्लान भोड्काको उत्पादक एशियन डिष्टिलरी प्रालिसँग तीन वर्षको प्रायोजन सम्झौता गरेको छ । राजधानीमा आज आयोजित कार्यक्रममा थ्रीस्टारका कार्यबाहक अध्यक्ष अरुणमान श्रेष्ट र डिष्टिलरीका कार्यकारी निर्देशक राजबहादुर शाहीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार डिष्टिलरीले क्लवसँग वर्षेनी २२ लाख ?पैयाँको प्रायोजन गर्नेछ । सम्झौता रकममा प्रत्येक वर्ष १० प्रतिशतले बृद्धि गरिने डिष्टिलरीका प्रमुख कार्यकारी अधिकृत पंकजराज श्रेष्ठले जानकारी दिनुभयो । सम्झौतापछि थ्रीस्टारले क्लवको नाम अगाडि ?स्लान थप्नेछ । डिष्टिलरीका चीफ अफ ब्राण्ड सुशील श्रेष्ठले मुलुकको प्रमुख ब्राण्ड सर्वश्रेष्ठ क्लवसँग जोडिनु सुखद संयोग भएको बताउनुभयो । ?स्लानले सी डिभिजनमा खुमलटार र बी मा सातदोबाटो युथ क्लवलाई प्रायोजन गर्दै आएको छ ।
कार्यक्रममा थ्रीस्टारका खेलाडीले लगाउने ?स्लानको नाम अंकित जर्सी पनि प्रदर्शन गरिएको छ । लामो समयको विश्रामपछि होम एण्ड अवेमा आधारित राष्टिय लिग भोलिदेखि दशरथ रंगशालामा शु? हुँदैछ ।