चिया टिप्ने सिजन सुरु भयो, मूल्य निर्धारण भएन

चैत्र १९, इलाम- इलाममा चिया टिप्ने सिजन सुरु हुँदासमेत हरियो चियाको मूल्य निर्धारण नहुँदा किसान चिन्तित भएका छन् ।गत वर्ष इलामका सबै चिया कारखानाले सिन्डिकेट लागू गरेपछि किसानहरुले प्रतिकिलो २० रुपैयाँमा चियापत्ती बेच्न बाध्य भएका थिए ।

यस वर्ष पनि मूल्य निर्धारण नहुँदै हरियो चियापत्ती कारखानालाई बुझाउनु परेको र कति मूल्य पाउने हो भन्ने यकिन भइनसकेको किसानहरुले बताएका छन् । इलाममा २४ ठूला र ३९ ओटा साना कारखानालाई १२ हजार कृषकले हरियो चियापत्ती बिक्री गर्छन् ।