आयो “मनको रहर”

काठमाण्डौ- मनमा त धेरै खाले रहरहरु आउन सक्छन, कत्ती रहरहरु पूरा हुन्छन् भने कत्ती रहरहरु अधुरै रहन्छन् । यस्तै रहरै रहरको बिचमा राधिका शर्मा र मौसम मधुरको “मनको रहर” सार्बजनिक भयको छ । मौसम मधुरको आवाजमा सजिएको ´जाउ जाउ जाउ जाने मान्छेले मेरो पिर नगर` बोलको गीतको भिडियो दरबार मर्ग स्थित भेला गजल रेस्टुरेन्टमा एक समारोह बिच सार्बजनिक गरियको हो । श्री सुर-श्रिङ्गार फिल्मस प्रा. लि. ले निर्माण गरेको उक्त म्युजिक भिडियोमा विभिन्न चलचित्र तथा गीतहरुमा अभिनय गरि ख्याती कमाएका अमीत पौडेल र उमेश सापकोटाले अभिनय गरेका छन् भने अनिता श्रेष्ठले यहि गीत बाट डेब्यु गरेकी हुन् , सथै बाल-कलाकार श्रावण खरेलले पनि यहि म्युजिक भिडियोबाट आफ्नो कलाकारिताको सुरुवात गरेका छन् । रुपेश उप्रेतीको निर्देशन र जनक राज अधिकारीको छायांकनमा बनेको यो भिडियो गाएक रामकृष्ण ढकालले सार्बजनिक गर्नुभएको हो । एउटा परिवारमा कसरी बेमेल पैदा हुन्छ भनेर यो म्युजिक भिडियोले पुष्ठि गर्दछ ।