अस्ट्रेलियाले उचाल्यो यसपालीको विश्वकप क्रिकेटको उपाधि

चैत्र १५,काठमाण्डौ- विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक अस्ट्रेलियाले जितेको छ ।मेलबर्नमा भएको फाइनल खेलमा अर्को आयोजक न्युजिल्यान्डको पहिलो पटक उपाधि जित्ने सपनामा तुषारापात गर्दै अस्ट्रेलिया पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जित्‍न सफल भएको हो।टस जितेर पहिले ब्याटिङ गर्दै न्युजिल्यान्डले दिएको १८४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३२.४ ओभरमा ३ विकेट गुमाउँदै विश्वकप क्रिकेटको उपाधिलाई घरैमा राख्न सफल भएको हो ।

अस्ट्रेलियालार्इ विश्वकपको पाचौं उपाधि दिने क्रममा कप्तान माइकल क्लार्कले ७४ रनको पारी खेले । उनले ७२ बलको सामना गर्दै १० चौका र एक छक्काको मद्दतमा सो स्कोर बनाए ।अस्ट्रेलियालार्इ विश्वकपको पाचौं उपाधि दिने क्रममा कप्तान माइकल क्लार्कले ७४ रनको पारी खेले । कप्तानी पारी खेलेका उनले ७२ बलको सामना गर्दै १० चौका र एक छक्काको मद्दतमा सो स्कोर बनाए ।

अस्ट्रेलियालाई उपाधि दिलाउन नटआउट रहेका स्टिभन स्मिथले ५६ रनको पारी खेले । उपाधि जितेसँगै यो विश्वकपको समूह चरणमा न्युजिल्यान्डसँग हारेको बदला पनि अस्ट्रेलियाले लिएको छ । यो हारसँगै जारी विश्वकपमा न्युजिल्यान्डको निरन्तर जितमा समेत पूर्णविराम लागेको छ ।उनले ७१ बलको सामना गर्दै ३ चौकाको मद्दमा सो स्कोर बनाएका थिए । त्यसैगरी ओपनर डेभिड वार्नरले ४५ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५ ओभरमा अलआउट हुँदै १८३ रन बनाएपछि आयोजक अस्ट्रेलियाले १८४ रनको सामान्य लक्ष्य पाएको थियो । मेलबर्नमा अस्ट्रेलियाविरुद्ध टस जितेर पहिलो विश्वकप उपाधि उचाल्ने लक्ष्याका साथ ब्याटिङमा उत्रेको न्युजिल्यान्डले शुरुबाटै संकटमा पर्‍यो ।आजको खेलमा न्युजिल्यान्डका लागि ग्रान्ट इलियटले सर्वाधिक ८३ रनको पारी खेले । उनले ८२ बलको सामना गर्दै ७ चौका र १ छक्का समेत हाने । त्यसपछि रोज टेलरले ४० रन बनाए । उनले ७२ बलको सामना गरेर सो पारी खेले । न्युजिल्यान्डका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।अस्ट्रेलियाका बलरले न्युजिल्यान्डका ब्याट्सम्यानलाई एकपछि अर्को गर्दै सस्तैमा पेभेलियन फर्काए । ओपनर बे्रन्डन म्याकुलम खेलको शुरुमै आउट भए । उनले तीन बल सामना गरेको अवस्थामा खाता नै नखोली पेभेलियन फर्के ।

त्यसैगरी वेस्टइन्डिजविरुद्ध विष्फोटक पारी खेल्दै दोहोरो सतक खेलेका मार्टिन गुप्तिल पनि आजको खेलमा जम्न सकेनन् । उनलाई ३४ बलमा १५ रन बनाएको अवस्थामा गेलेन म्याक्सवेलले बोल्ड गर्दै पेभेलियन फर्काए ।न्युजिल्यान्डका अर्का ओपनर केन विलियम्सन पनि सस्तैमा आउट भए । उनी ३३ बलमा १२ रन बनाएको अवस्थामा पेभेलियन फर्के । त्यसैगरी रोज टेलर ७२ बलमा ४० रन बनाएको अवस्थामा आउट भए । कोरी एन्डरसन र ल्युक रोन्ची शून्यमै आउट भए ।