प्रमुख आजबाट छलफलमा,सहमती जुटाउँने जिकीर

चैत्र १४, काठमाण्डौ—मुलुकमा जारी पछिल्लो राजनीतिक गतिरोध फुकाउने प्रयासमा प्रमुखदहरु आजबाट छलफलमा जुट्ने भएका छन् । यस अघिका अनौपचारिक छलफल सकारात्मक रहेको भन्दै प्रमुख दलका शिर्ष नेताहरु आजबाट घनिभुत छलफलमा जुट्ने भएका हुन । नेतारुह आज दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा मुख्य दलका शीर्ष नेताहरुबीच छलफल हुने कार्यक्रम छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्किए लगत्तै वार्ता थाल्ने बताँदै आएका दलहरुले सहमतीको लागी आज प्रयास गर्ने भएका हुन । संविधानका विवादीत विषयमा प्रमुख दलका शीर्र्ष नेताहरुले भोली सम्ममा सहमती जुटाउँने बताएका छन् । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले चैत १५ अर्थात भोलीसम्मको समयसीमा दिनु भएकाले पनि विवादित विषयमा आज र भोली गम्भिरतापूर्वक छलफल गरि सहमती निकाल्ने नेताहरुले बताएका हुन् । यस अघि पनि दलहरु विच अनौपचारीक रुपमा पटकपटक छलफल भएको छ ।