सवा लाख अमेरिकी डलरसहित चिनियाँ महिला पक्राउ

चैत्र १३ , काठमाण्डौं— काठमाडौंबाट चीन जानेक्रममा एक चिनियाँ महिला करिब १ करोड ३७ लाख रुपैयाँ बराबर हुन आउने अमेरिकी डलरसहित पक्राउ परेकी छन् ।चाइना साउदर्न एअरको विमानबाट आज चीन जान लागेकी यीङ लउ सुरक्षा जाँचको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेकी हुन् । उनको साथबाट १ लाख १३ हजार २ सय ५० अमेरिकी डलर र ५ हजार १ सय ५१ चाइनिज युयान बरामद भएको प्रहरीले जनाएको छ ।सुटकेसमा फल्स बटम बनाई अवैध रुपमा लैजान लागेको अवस्थामा उनको साथबाट डलर बरामद गरिएको हो ।उनीमाथि थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विजय कायस्थले जानकारी दिनुभएको छ ।यीङ लउलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।