चट्याङ लागेर तीन जनाको मृत्यु

चैत्र १३,सप्तरी – सप्तरीमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । आज परेको चट्याङ लागेर सप्तरी विगवा–५ का दशरथ खङ मण्डल, श्रृजन जागरण प्राथमिक विद्यालयका प्रधानाध्यापक सितापुर–८ का रविलाल खङ र हरिहरपुर–३ का विलास चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।आज परेको असिना पानीका कारण ३५ हजार हेक्टरको गहुँबाली नष्ट भएको जिल्ला कृषि कार्यालय सप्तरीले जनाएको छ ।