सप्तरीमा भीषण आगलागी, जलेर एकको मृत्यु

चैत्र १२, काठमाण्डौ- सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर ६ को बडेमारा गाउँमा भीषण आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ ।आगोमा परी स्थानीय ६५ वर्षीय चलितर सरवारको मृत्यु भएको हो । आगलागीबाट बडेमारा बस्तीमा रहेका ८६ घर जलेर नष्ट भएका छन् ।आज दिउँसोबाट एक्कासि लागेको आगो इटहरी, राजविराज र इनरुवाबाट आएका दमकलका साथै प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरेपनि हालसम्म आगो नियन्त्रणमा आएको छैन ।आगलागीको कारण र क्षतिको विस्तृत विवरण पनि आइसकेको छैन ।