सुनचाँदीको भाउ बढ्यो

चैत १२, काठमाडौँ- सुनचाँदीको भाउ बढेको छ । सुन आतोलाको ६ सय रुपैयाँ बढेर तोलाको ५१ हजार ८ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलमा १० रुपैयाँ महँगो भएको छ । चाँदी तोलाको ७ सय २५ रुपैयाँमा किनबेच भैरहेको व्यवसायीले बताएका छन् ।