श्रीमानको कुटाईबाट सप्तरीमा श्रीमतीको मृत्यु

चैत्र ११, सप्तरी- सप्तरीको तैरोहता गाविसमा आज एक महिलाको हत्या भएको छ ।घरायसी विवादका कारण उदयपुर लासा–७ घर भई हाल सप्तरीको तैरोहता गाविस–५ नयाँ बस्तीमा बस्दै आएका ३० वर्षीया नरेश राईले घरायसी विवादमा कुटपिट गर्दा २७ वर्षीया श्रीमती सन्तोषी चौधरी (राई)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । हत्या गर्ने राईलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी उहाँले दिनुभयो ।