विप्लव माओवादीले घोषणा गरेको नेपाल बन्द फिर्ता

चैत्र १०,काठमाडौँ- नेत्रविक्रम चन्द विप्लवनेतृत्वको नेकपा माओवादीले आगामी चैत १८ गतेको लागि आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ । नेकपा माओवादीले आज एक विज्ञप्ति जारी गर्दै गिरफ्तारी भएका आफ्ना नेता तथा कार्यकर्ता रिहाइ भएकाले बन्द फिर्ता लिइएको जनाएको छ ।यसअघि, लगानी बोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा कालो झण्डा गाडेर फर्कने क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका दुई दर्जन कार्यकता पक्राउ परेका थिए । बाँसबारीस्थित पन्तको निवासमा कालो झण्डा झण्डा गाडेर क्रममा उनीहरुलाई प्रहरी पक्राउ गरेको थिए ।

माओवादीले माथिल्लो कर्णाली लगायतका जलविद्युत आयोजना सम्झौता राष्ट्रघाती भएको बताउँदै उक्त आयोजनामा हस्ताक्षर गरेकोले पन्तको निवासमा कालो झण्डा गाडेको थियो । माओवादीले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिने सम्झौता नेपालको हितमा नरहेको बताउँदै आएको छ ।