विश्वकपको पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ गर्दै दक्षिण अफ्रिका

चैत १०, काठमाडौं-विश्वकप इतिहासमै सेमिफाइनल चरण पार गर्न असफल दुई टोली न्यजिल्यान्ड र दक्षिण अफ्रिकाबीच फाइनल प्रवेशका लागि खेल सुरु भएको छ। एकदिवसीय विश्वकप २०१५ अन्तर्गत अकल्यान्ड मैदानमा सुरु भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ गरिरहेको छ। २२ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले २ विकेटको क्षतिमा ८८ रन जोडेको छ।