राजनीतिक निकासका लागी सहमती एक मात्र विकल्प अध्यक्ष दाहाल

चैत ९, काठमाडौँ-एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दलबीच सहमति हुनैपर्ने बताएका छन् । शीर्ष दलहरु बिच राजनीतिक निकास र समयमा नै संविधान जारी गर्न सहमती मात्रै एउटा उत्तम विकल्प भउको दाहालको भनाई छ । चीनको भ्रमणका क्रममा सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्ले प्रमुख विवादित विषयमा धेरै समस्या नभए पनि सहमति हुन नसक्नुको पछाडि कुन तत्वले काम गरेको छ, त्यसको खोजबिन गर्नुपर्नेमा जोड दिएका हुन् ।

नेपालको राजनीतिक गाँठो नेपालीले नै फुकाउनुपर्नेमा जोड दिँदै उहाँले छिमेकी मित्रराष्ट्रको आवश्यक सहयोग र सल्लाहको जरुरत रहेको धारणा राखे । दलहरुबीच न्याय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्वरुपमा सहमति भइसकेको भए पनि राज्य पुनःसंरचनाको विषयमा सहमति हुन नसक्दा राजनीतिक गत्यावरोध बढेको भन्दै उहाँले नेपाली काँग्रेस र नेकपा एमाले साँच्चै सहमतिका लागि तयार हुने हो भने सहमति टाढा नभएको उनको भनाई थियो ।