चेल्सीद्धारा हल सिटी स्तब्ध

चैत ९, काठमाडौँ -इङलिस प्रिमियरसिपको गएराति भएको खेलमा चेल्सीद्धारा हल सिटी स्तब्ध भएको छ । पहिलो हाफ दुईरदुई गोलको बराबरीमा सकिएपनि चेल्सीले ७७ औं मिनेट गोल गर्दै ३–२ को जित हात पारेको हो । जितपछि चेल्सी ६७ अंकसहित पहिलो स्थानमा छ । एक म्याच बढी खेलेको म्यानचेस्टर सिटी भने ६१ अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै अंक तालिकाको चौथो स्थानमा उक्लिने क्रममा म्यानचेस्टर युनाइटेडले लिभरपुललाई २–१ ले पराजित गरेको छ ।