प्रचण्ड आज चिन जादै

चैत ९, काठमाडौं-एमाओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज प्रचण्ड चिन भ्रमणमा जान लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा प्रचण्डको चीन भ्रमण तय गरिएको हो । प्रचण्ड चिनको दक्षिण पश्चिम युनान प्रान्तको कुन्मिङ सहरमा हुने कार्यक्रममा सहभागी हुने जान लागेका हुन् । प्रचण्ड करिब एक साता चीन भ्रमणमा रहने छन् । दिउँसो तीन बजे प्रचण्डसँगै पार्टी महासचिव कृष्णबहादुर महरा पनि चिन जाने छन् । भावि संविधान निर्माणमा चिनको चासो बढेका बेला प्रचण्डको भ्रमणलाई महत्वका साथ हेरिएको छ । पार्टी नेता डा बाबुराम भट्टराई भारतबाट फर्केको केही सातामै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन जान लागेका हुन् । भ्रमण सकेर चैत १३ गते प्रचण्ड स्वदेश फर्कने कार्यक्रम छ ।