इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुँदै

भैत्र ८,काठमाण्डौं—इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् । स्थानीय समयअनुसार साँढे १ बजे म्यानचेस्टर युनाइटेड र लिभर पुल भिड्दै छन् ।
त्यस्तै ४ बजे हल सिटिले चेल्सीको सामना गर्दा सोह िसमयमा क्युपि आर र एभर्टन पनि भिड्दै हुनेछन । यसैबीच लिग अन्तर्गत गए राति सम्पन्न खेलमा म्यानचेष्टर सिट, स्वान्सी सिटि, आर्सनल र साउथ ह्याम्पटन विजयी हुँदा क्रिस्टल प्यालेस , टाटनह्याम र वेस्ट ह्यामले पनि जित हात पारेका छन् ।
म्यानचष्टर सिटीले १० खेलाडीमा सीमित भएको वेष्ट ब्रोमलाई ३–० ले पराजित गर्दा टोटनह्यामले लिसेस्टर सिटिलाई ४ ¬ ३ गोलले हरायो । गए राति नै भएका अन्ँय खेलहरुमा एस्टन भिल्लालाई स्वान्सी सिटिले १ ० ले पछि पार्दा सण्डरल्याण्ड पनि वेस्ट ह्यामसँग १ ० ले नै पछि पर्याे । आर्सनलविरुद्ध खेलेको न्युक्यासल २ १ ले हार वेहोर्दा बर्नले भने साउथह्याम्पटनसँग २ ० ले स्तब्ध भयो । त्यस्तै हिजै भएको अर्काे खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटिलाई २ १ को हार चखाायो ।