विश्वकप क्रिकेटमा आजदेखि क्वार्टर फाइनलमा खेल

चैत ४, काठमाडौं- एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् ।समुह चरणको समाप्तीसँगै दुई दिनको विश्रामपछि आजबाट नक आउट खेलहरु सुरु हुँदैछन् । क्वाटरफाईनलको पहिलो खेलमा आज एसियन पावर हाउस श्रीलंका र दक्षिण अफ्रिका भिड्नेछन् ।

अष्ट्रेलियाको सिड्नीमा नेपाली समय अनुसार आज विहान सवा ९ बजे सुरु भएको खेल दुबै टोलीका लागि निकै चुनौतीपूर्ण हुनेछ ।