भोलिसम्ममा राष्ट्र बैंकको गभर्नरका लागि नाम सिफारिस हुने

चैत ३, काठमाडौ- नेपाल राष्ट्र बैंकको गर्भनरमा भोलिसम्ममा नाम सिफारिस हुने भएको छ । आज सिफारिस समितिले नामहरुलाई अन्तिम रुप दिने र भोलिसम्ममा सिफारिस गर्ने तयारी गरेको छ । अर्थमन्त्री रामशरण महत नेतृत्वको तीन सदस्यीय समितिले गरेको सिफारिसका आधारमा सरकारले गर्भनर चयन गर्नेछ ।

मन्त्री महत नेतृत्वको समितिमा पूर्व गर्भनर हिमालयशम्सेर राणा र अथविद् पार्थिवेश्वर तिमिल्सेना सदस्य हुनुहुन्छ । समितिका सदस्य तिमिल्सेनाले भोलिसम्ममा नाम सिफारिस गर्ने जानकारी दिनुभयो ।
गभर्नरका लागि पूर्व सचिव युवराज भुसाल, प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल, नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर गोपालप्रसाद काफ्ले, पूर्व अर्थसचिव रामेश्वर खनाल लगायतको नाम चर्चामा रहेको छ ।
तीनै नाम मध्यबाट सिफारिस हुनसक्ने तिमिल्सेनाले बताउनुभयो । आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेपछि गर्भनर युवराज खतिवडाले बिहीबारदेखि अवकाश लिनुहुनेछ ।