आयोजक न्युजिल्यान्डले बंगलादेशलार्इ ३ विकेटले पराजित

फागुन २९,काठमाडौँ- विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार भएको खेलमा आयोजक न्युजिल्यान्डले बंगलादेशलार्इ ३ विकेटले पराजित गरेको छ ।ह्यामिल्टनमा भएको खेलमा बंगलादेशले दिएको २८९ रनको लक्ष्य न्युजिल्यान्डले ७ विकेटको क्षतिमा ७ बल छँदै भेट्टाएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बगलादेशले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । बंगलादेशले दिएको चुनौती पछ्छ्याएको न्युजिल्यान्डका लागि मार्टिन गुप्तिलले सर्वाधिक १०५ रन बनाए ।

त्यस्तै रोज टेलरले ५६ रन बनाउन सफल भए । ग्रान्ट इलियट र कोरी एन्डर्सनले ३९/३९ रन जोडे । बंगलादेशका लागि सकिब अल हसनले ४ विकेट लिए । नासिर होसैनको नाममा २ विकेट रह्यो ।

यो जितसँगै न्युजिल्यान्डले जारी विश्वकपका समुह चरणका सबै खेलमा सतप्रतिशत नतिजा निकालेको छ ।

यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि महमुदल्लाहले सतकीय पारी खेले । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलदेशले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ८८ रन बनायो ।

महमुदल्लाहले १ सय २३ बलमा १२ चौका र ३ छक्कासहित अविजित १ सय २८ रन बनाउन सफल भए । त्यस्तै सौम्या सरकारले ५१ र सब्बिर रहमानले ४० रन बनाए । न्युजिल्यान्डका ट्रेन्ट बल्ट, कोरी एन्डर्सन र ग्रान्ट इलिअटले समान २ विकेट लिए ।