लामालाई नेपाल झिकाउन नेपाल सरकारलाई निर्देशन

फागुन २९,काठमाडौँ-बेयायतमा मुद्दा खेपिरहेका रहेका कर्णेल कुमार लामालाई नेपाल झिकाउन नेपाल सरकारलाई व्यवस्थापिका संसद अन्तरगतको सामाजिक न्याय तथा मानवअधिकार समितिले निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समतिको बैठकले कुमार लामालाई नेपाल झिकाउन निर्देशनदिएको हो । द्वन्द्वकालमा माओवादी कार्यकर्तालाई यातना दिएको अभियोगमा लण्डनमा मु्द्दा खेपिरहेका लामाको मुद्दा सत्य निरपण तथा मेलमिलाप आयोगबाट हेर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री कार्यालय, परारष्ट्र मन्त्रालय तथा रक्षा मन्त्रालयलाई निर्देशन दिएको हो ।
आजको समतिको बैठकमा प्रधानमन्त्री र प्रधान सेनापतिलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री नरहरी आचार्य र रक्षाका तर्फबाट रक्षा सचिव समितिको बैठकमा उपस्थित भए ।
बैठकमा स्पष्टीकरण दिँदै कानूनमन्त्री नरहरी आचार्यले लामालाई नेपालमा झिकाउन सरकारले पहल गरिरहेको बताए । सत्य निरुपण आयोग भर्खरै गठन भएको र कानूनले पूर्णता पाउने प्रक्रिया जारी रहेकाले लामाको मुद्दा आयोगमा पार्ने प्रयास जारी रहेको मन्त्री आचार्यले स्पष्ट पारे ।