बंगलादेशद्वारा इंग्ल्याण्ड १५ रनले पराजित संगै विश्वकपबाट बाहिरियो

काठमाडौं, २५ फागुन – विश्वकप क्रिकेट अन्तर्गत सोमबारको खेलमा बंगलादेशसँग १६ रनले पराजित भएपछि इंगल्याण्ड क्वार्टरफाइनल पुग्न असमर्थ भएको छ । जितपछि बंगलादेशले भने क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

सोमबार २ सय ७६ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड ४८.३ ओभरमा २ सय ६० रन जोड्दा अलआउट भयो । बंगलादेशलाई जिताउन रुबेल हुसेन एक्लैले चार विकेट लिए भने मस्रफी मोर्टाजा र तास्किन अहमदले २/२ विकेट लिए ।

इंगल्याण्डका जोस बट्लरले ६५, इयान बेलले ६३, क्रिस वक्सले नटआउट ४२, जो रुटले २९, एलेक्स हलले २७, मोइन अलीले १९ रन जोडेपनि टिमलाई जिताउन सकेनन् । हारपछि इंगल्याण्ड क्वार्टरफाइनलबाट बाहिरिएको छ ।

अष्ट्रेलियाको एडिलेडमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७५ रन जोड्यो । उसका लागि महबुल्लाहले १ सय ३ रन जोडे भने मुस्फिकर रहमानले ८९ र सौम्य सरकारले ४० रन जोडे । अरु ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । इंगल्याण्डका जेम्स एन्डरसन र क्रिस जोर्डनले २÷२ विकेट लिए भने स्टुवार्ट ब्रोड र मोइन अलीले १/१ विकेट लिए ।