नायिकाको ड्रेस नक्कली हिराको भएपछि चोरले गर्‍यो फिर्ता

काठमाण्डौ –आइतबार भएको ओस्कार अवार्डमा अभिनेत्री लुपिटा न्योंगले लगाएको ड्रेस चोरेका व्यक्तिले ड्रेस फिर्ता गरेका छन् । झन्डै ६ हजार दाना सेतो मोती जडित बहुमूल्य कपडाको मूल्य १ लाख ५० हजार अमेरिकी डलर रहेको बताइएको थियो ।

ड्रेसमा सक्कली हिरा जोडिएको ठानेर ड्रेस चोरी गरिएको भएता पनि अन्तिममा उक्त ड्रेसमा नक्कली हिरा रहेको र चोरले उक्त ड्रेस फिर्ता गरेको स्रोतले बताएको छ । लुपिटा न्योंगले लगाएको उक्त बहुमुल्य ड्रेस हलिउडको होटल लण्डनको कोठाबाट चोरी भएको थियो । उनले बजारमा लिएर लुगामा रहेको हिरा परिक्षण गर्दा नक्कली भएको पाइएकाले ड्रेस फिर्ता गरिदिएको बताएका छन् ।

विश्व प्रसिद्ध फ्रान्सिस्को ‘कोस्टा ड्रेस’को ‘केल्भिन क्लिन ब्रान्ड’ले उक्त पहिरन तयार पारेको थियो । गत वर्ष फिल्म टुवेल्भ इअर अफ स्लेभबाट ओस्कार पाएकी लुपिटाले यो वर्ष ओस्कारको सञ्चालन गरेकी थिइन् ।