फागुन १६ को विशाल जनप्रर्दशनले सरकार झस्किनेछ-प्रचण्ड

फाल्गुन ५, काठमाडौं-एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले फागुन १६ को विशाल र्याली देखे पछि सरकार ३ छक खाँदै झस्किने बताएका छन । मंगलबार पोखरामा संचारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेको अहम् र दम्भलाई आन्दोलनले निस्तेज पार्ने दाबी गरेका हुन् । १६ गते अगावै कांग्रेस–एमालेले सहमतीय आधारमै संविधान बनाउने प्रतिबद्धता जनाए उक्त सभा उत्सवमा परिणत गरिने उनले बताए । ‘कांग्रेस–एमालेले संविधानसभालाई संसदझैं बहुमतको आधारमा पेलेर जान खोजेकाले एमाओवादी नेतृत्वको मोर्चा आन्दोलनमा ओर्लनुपरेको’ दाहालको तर्क छ । उनले यदि पहिला सरकारले अग्रसरता देखाएर खोल्न तयार रहेको खण्डमा भने वार्तामा बस्ने जनाएको छन् । बहुमतिय प्रक्रियामा जाने गरि सहमतिविरुद्ध ताल्चा पनि लगाउने र वार्तामा पनि बसौ भन्ने कुरा एका–अर्काका विपरित भएको उनको तर्क छ ।