प्रचण्डले कार्यकतालाई भने, ‘खुल्ला मञ्च ख्याल ख्याल होइन’

फागुन ३,काठमाडौँ – एकीकृत नेकपा माआवादीका अध्यक्ष पुष्पकमल दहालले फागुन १६ गते खुल्ला मञ्चमा हुने जनसभालाई सामान्य रुपमा नलिन चेतावनी दिदैं ३० दलीय मोर्चा फागुन १७ गतेदेखि कृयात्मक आन्दोलनमा जाने चुनौती दिनुभएको छ ।मध्य कमाण्ड स्तरिय क्रान्तकारी पत्रकारलाई प्रशिक्षणको दिने क्रममा अध्यक्ष दहालले आन्दोलन नगरीकन सविधान नबन्ने संभावना देखेर आन्दोलन गएको भन्दै फागुन १६ खुल्ला मञ्चको कार्यक्रममा सबैलाई उपस्थित हुन आग्रह गर्नुभयो ।

पार्टी पक्षधर पत्रकारलाई सम्बोधन गर्दै अध्यक्ष दहालले माओवादीलाई जति गाली गरेपनि कार्यकर्ताहरु कतैपनि नगएको भन्दै अब आन्दोलनको अन्तिम लडाई लड्न सबैमा आग्रह गर्नुभयो ।काँग्रेसका सभापति एवं प्रधानमन्त्री सुशिल कोइराला, एमालेका अध्यक्ष्ाँ केपी शर्मा ओली, कृष्ण सिटौलालगायतले एमाआवादीलाई जनताले पत्याउन छाडेको कुरा अन्तराष्ट«िय समुदायलाई रिर्पोटिगं गरेको अध्यक्ष दहालले दावी गर्नुभयो ।