विश्वकप फुटबल छनौट खेलको पहिलो खेलमा नेपाल र भारत भिड्ने

माघ २७, काठमाडौं –  सन् २०१८ मा रुसमा हुने फुटबल बिश्वकपको छनौट खेलको तालिका सार्बजनिक भएको छ । जसमा नेपालले भारतको सामना गर्नेछ । आज सार्बजनिक भएको ड्र मा नेपालले भारतलाई आफ्नो प्रतिद्वन्दीको रुपमा पाएको हो । होम र अवेको आधारमा हुने सो प्रतियोगिता सन् २०१८ मा हुने बिश्वकप र सन् २०१९ मा हुने एसिया कपको लागि हो ।

अन्य खेलहरुमा यमन र पाकिस्तान, मोंगोलिया त टिमोर, क्याम्बोडिया, मकाउ, श्रीलंका र भुटान खेल्ने छ । पहिलो लिग १२ मार्चमा हुनेछ भने दोस्रो लेग १७ मार्च मा हुनेछ ।