दिल्लीमा आम आदमी पार्टीलाई अत्याधिक बहुमत,केजरीवाल मुख्यमन्त्री बन्ने पक्का

माघ २७,काठमाडौ- भारतको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टी अत्याधिक बहुमतसहित जित्ने लगभग पक्का भएको छ । अब आपका संयोजक अरविन्द केजरीवाल फेरि दिल्लीको मुख्यमन्त्री बन्नु हुने भएका छन् । ७० सिटका लागि भएको निर्वाचनको जारी मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय टीभी आजतकका अनुसार जारी मतगणनामा आप ६६ सिटमा अगाडि छ ।

आपका नेता कार्यकर्ताले खुसी मनाउन थालेका छन् । आपका नेताहरुले यो अज जनताको जित भएको बताएका छन् । भारतीय जनता पार्टी मात्र ३ सिटमा अगाडि छ । कांग्रेस भने एक सिटमा पनि अगाडि छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाले हार स्वीकार गरेका छन् ।
यसैविच मोदीले केजरीवाललाई फोन गरेर बधाइ दिएका छन् । मोदीलाई चियाका लागि निम्तो दिएका मोदीले दिल्लीको विकासका लागि मिलेर काम गर्ने बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।