दबाबमा प्रधानमन्त्री शुशिल कोइराला

माघ १६,काठमाडौँ–अघिल्लो संविधानसभामा खासै उल्लेखनीय भुमीकामा नरहेका प्रधानमन्त्री कोइराला केही दिन यता औधी तनावमा छन् । यही माघ ५ गते संविधानसभामा प्रतिपक्षीले देखाएको हर्कत र लगत्तै माघ ११ गते विपक्षीको अवरोधका बाबजुद पनि प्रक्रिया अगाडी बढाउने सत्तासझेदारको सहमतीका कारण दलहरु बिच ध्रुबिकरण चरम चुलीमा पुगेको छ ।

जसका कारण प्रधानमन्त्री जस्तो मर्यादामा रहेका कोइराला सत्तासाझेदार, प्रतीपक्षी तथा अन्तराष्टिय समुदायबाट चर्को दबाबमा परेका छन् । यही दबावका काण उनी आज बिहानै प्रचण्ड निवासमा पुगेको स्रोतको दाबी छ । एकातीर कोइरालालाई कांग्रेस र एमालेभित्रका ‘हार्डलाइनर’हरुको पनि चर्को दबाव छ ।

‘हार्डलाइनर’हरुले कोइरालालाई सहमति नगर्न र प्रक्रियामा जान दबाव दिइरहेकाछन् भने राष्ट्रपति र विदेशीहरुले विपक्षीसँग सहमति गर्न दबाव दिएका छन् ।
यसैबिच कुटनीतिक नियोगका राजदुत र अन्य विशिष्ट ब्इक्तिलाई पनि उनीहरु हतपत मिल्नमा रोक लगाइएको छ ।