उपाधिका लागि पुलिस र आर्मी मैदानमा

माघ १०,बारा – छैटौं सिमरा गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि आज विभागीय टोलीहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदैछन् । यसअघि सेमिफाइनलमा स्थानीय वीरगन्ज युनाइटेड क्लबलाई ‘सडन डेथ’मा ६–५ ले पराजित गर्दै पुलिस तथा आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो । विभागीय टोली नकआउट फुटबलको फाइनलमा विरलै भिड्ने गरेको इतिहास छ । उपाधि विजेताले चार लाख तथा उपविजेताले दुई लाख रुपैयाँ जित्नेछन् ।