अमेरिकी राष्ट्रपति ओबामाले अमेरिकामा आर्थिक संकट अन्त्य भएको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा आर्थिक संकट अन्त्य भएको घोषणा गरेका छन् । अमेरिकी संसदको सयुक्त बैठकमा सम्बोधन गर्दै उनले सबै अमेरिकीलाई फाइदा पुग्ने आर्थिक नीति बनाउनु पर्नेमा जोड दिए ।

ओबामाले आतंकवादविरुद्धको लामो युद्ध बदल्नुपर्ने समय आएको बताएका छन् । पहिलोपटक विपक्षी रिपब्लिकन पार्टीको बहुमत रहेको संसदमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपतिले आर्थिक असमानताविरुद्ध धनीलाई बढी कर लगाउनुपर्नेमा जोड दिए ।

उनले अमेरिकी छात्राको लागि सामुदायिक र प्राविधिक विश्वविद्यालयमा दुई वर्ष निःशुल्क शिक्षा दिन ६० अर्ब डलर खर्च गरिने घोषणा गरे । युरोपियन युनियन र एसिया प्यासिफिक मुलुकहरुसँग सम्बन्ध बढाउनुपर्नेमा उनको जोड थियो ।

अमेरिकी राष्ट्रपति ओबामाले इराक र सिरियामा ‘आइएस’को बढ्दो खतराविरुद्ध चालिएको अभियानमा एकजुट हुन पनि आह्वान गरे । (एजेन्सी)