हिंसात्मक बन्दै एमाओवादी मोर्चाको बन्द, ठाउँठाउँमा तोडफोड र झडप

माघ ६, काठमाडौँ-मंगलबारको माओवादी मोर्चाको नेर्तत्वमा आब्हान गरिएको बन्द हिंसात्मक बन्दै गएको छ ।  यसअघि शान्तीपुर्ण रुपमा आब्हान गरिएको भनिएको बन्द  आज बिहानैदेखि हिंसात्मक बन्दै गएको छ । बन्दकर्ताले बन्दको अवज्ञा गरेको भन्दै मुलकुभरका विभिन्न स्थानमा प्रर्दशन मात्र गरेका छैनन् । उनीहरुले आगजनी तोडफोड, लगायतका अर्मयादित क्रियाकलाप पनि गरेका छन् । बन्दकर्ताले केही बेर अघि बिजुली बजारमा नक्कली पत्रकार भन्दै एउटा मोटरसाइकलमा आगजनी गरेका छन् । उनीहरु बा २० प ८९४९ नम्वरको मोटरसाईकलमा आगजनी गरेर भागेका छन् ।

त्यस्तै पनि  चितवनमा बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले ३ ओटा ट्रकमा क्षति पुर्‍याएका छन् । बन्दकर्ताले खैरहनी नगरपालिका–९ को बैरहनीमा ना४ख ८५२३ नम्बरको ट्रकमा, रामनगरमा ना४ख ३८४१ नम्बरको ट्रकमा र मिलनचोकमा ना३ख ३५८६ नम्बरको ट्रकमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् । त्यस्तै झापामा पनि बन्द गराउनेक्रममा बन्दकर्ताले मंगलबार बिहानै काँकरभिट्टास्थित कालीखोलानजिक अदुवा दिएर काँकरभिट्टातर्फ जाँदै गरेको ना२ख ९९२४ नम्बरको ट्रकमा आगजनी गरेका छन् । 

झापाको बिर्तामोडबाट बन्द गराउँदै हिँडेका तीनजना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । त्यस्तै ललितपुरमा लुकेर बसेका बन्दकर्ताले बा१ज ८०६४ नम्बरको एउटा ट्याक्सी जलाएका छन् । यसैबिच यसैबिच राजधानीको नयाँबान, कोटेश्वर लगायतका स्थानमा प्रहरी र बन्दकर्ता बिच झडप भएको छ । झडपमा केही प्रहरी र प्रर्दशनकारी घाइते भएका छन् ।  यसैबिच काठमाडौँको माइतीघरबाट विद्यार्थी तथा सर्वसाधारणले बन्न्दको अवज्ञा गर्दै शान्तप्पुर्ण र्यालीको आब्हान गर्दैछन् ।