जिल्ला शिक्षा कार्यालयको बेरुजु ४ करोड ४४ लाखमा झर्यो

माघ ६, ओखलढुंगा- जिल्ला शिक्षा कार्यालय ओखलढुंगाको बेरुजु ४ करोड ४४ लाख ३८ हजार १ सय ७६ मा झरेको छ । गत बर्ष १४ करोड ४८ लाख ५४ हजार ७ सय ५५ रुपैया रहेकोमा यस बर्ष १० करोड ४ लाख १६ हजार ६ सय ५५ रकम बेरुजु नियमित भएपछि बेरुजु घटेको हो । महालेखा परिक्षकको कार्यालयले २ लाख २५ हजार ५१ रुपैया असुल गर्नुपर्ने भनेको भएता पनि हाल सम्म असुल हुन सकेको छैन । प्रति विद्यार्थी अनुदान बापत प्रदान गरिएको रकम र भौतिक निर्माणका लागि विद्यालयहरुलाई प्रदान गरिएको रकम बेरुजु आएको लेखा अधिकृत विष्णु बहादुर भट्टराईले बताउनु भएको छ । विद्यालयहरुलाई प्रदान गरिएको अनुदान खर्च गरि समय वील भरपाई उपलब्ध नगराउदा कार्यालयको नाममा ठुलो अंकको बेरुजू देखिने गरेको लेखा अधिकृत भट्टराईले बताउनुभयो ।