६ गतेको बन्दमा आफैं सडकमा ओर्लिन्छु : प्रचण्ड

माघ ३,काठमाडौँ-यसअघिको बन्द खासै प्रभावकारी नभएको भन्दै माओवादी नेतृत्वको मोर्चाका शीर्ष नेताहरु अब आफै सडकमा ओर्लीने भएका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले आगामी ६ गते हुने आमहड्तामा आफैं सडकमा उत्रने उद्घोष गरे पनि ६ गतेको बन्दमा सबैको ध्यान खिचिएको छ ।  प्रचण्ड नेतृत्वको ३० दल र बैद्य माओवादीले संयुक्त रुपमा गर्न लागेको आमहड्तालमा सत्ताधारी दलले भिजिलान्ते प्रयोग गर्ने तयारी गरेको तर्फ संकेत गर्दै प्रचण्डले भने ‘कोटा निर्धारण गरेर राजधानीमा युवा उतार्नुपर्छ जसले भिजीलान्तेहरुसँग लड्न सकियोस्, ताम्सालिङ तिर खास मेहनत गर्नुपर्दैन ।’ जिल्ला पार्टीहरुमा देखिएको समानान्तर संगठनहरु एक आपसमा प्रतिष्ठाको लडाँई गरेर बस्नुको साटो अव एक भएर संघर्षमा उत्रनुपर्ने भन्दै प्रचण्डले भने ‘माथि बावुराम जी र म मिलेका छौं, तल पनि मिलेर अगाडी बढ्नुस् ।’अबका दिनमा कार्यकर्तालाई धेरै उपदेश दिने मुडमा आफु नभएको। भन्दै बावुराम र आफ्नो झगडाको बारेको आशंका दुर गर्न आफनो टाउको फोरेर देखाउन तयार रेको बताए ।