३० लाख पोर्न साइट बन्द

एजेन्सी -चीनीयाँ सरकारले अनलाइन स्पेस खाली गराउन ३० लाख पोर्न साइट सहित अन्य १० हजार वेवसाइट बन्द गराएको छ । अनलाइन स्पेस खाली गराउन उक्त साईटहर बन्द गरिएको चिनियाँ सरकारी सञ्चार एजेन्सी शिन्हुवाले जनाएको छ । एन्टी पोर्नोग्राफी विभागले देशमा चलिरहेका यतिका धेरै वेबसाइट सन् २०१४ को अन्त्य बन्द गराएको हो । अधिकारीहरुले गैरकानूनी तरिकाले सञ्चालित १० हजार वेवसाइट र ३० लाख पोर्न साइट बन्द गरिएको छ ।