पहिलो महिला राष्ट्रपति बनेपछि

काठमाडौँ- यस अघि कहिल्यै मपहला राष्ट्रपति नपाएको क्रोयशियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धाबीच विपक्षी कोलिन्दा ग्र्याबर किटारोभिक पहिलो राष्ट्रपति बन्न सफल भएको अन्तराष्टिय संचार संस्थाहरुले जनाएका छन् । बिबिसीका अनुसार पूर्व विदेश मन्त्री कोलिन्दाले ५० प्रतिशत भन्दा बढी मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ईवो जोसीपोभिकले ४९ दशमलब ५ प्रतिशत मत पाएका छन् । ६ वर्षदेखि सत्तामा रहेको वामपन्थी गठबन्धनको असफतलासंगै क्रोयशिया दक्षिणपन्थी विचारधारामा अगाडी बढेको विश्लेषण गरिएको छ ।