पोर्न स्टार सन्नी लियोन नम्बर वन सर्वेक्षण

एजेन्सी- फिल्म ‘जिस्म-२’ बाट बलिवुडमा कदम राखेकी अश्लील नायिका सन्नी लियोन आजभोलि सन्चारमाध्यमहरुमा छाएकी छन् । अनलाइन सर्वेक्षणका अनुसार सन्नी लियोन अझै पनि वलिवुड कलाकारहरुमा नम्बर वानमा नै छिन् । उनले सलमान खान र केट्रिना क्येफ सम्मलाई पछी छोडिन । उनलाई करीव साढे तीन करोडले सर्च गरेका थिए । यसपछी वलिवुडमा चर्चा चलिरहेको थियो कि सन्नी लियोनको बढदो लोकप्रियताबाट आकर्शित भएर डिज्नी यूटीभीले एक फिल्म साईन गरेको छ । सन्नी लियोन यस समय आफनो आगामी फिल्म ज्यकपट लाई लिएर निकै उत्साहित छन् । सन्नी लियोनका अनुसार भारतमा जति मायाँ उनलाई मिलेको छ त्यो सायद संसारको कुनैपनि ठाउमा मिल्दैन थियो । उनको भनाईमा अब उनलाई पोर्न स्टार मान्दैनन् । सन्नीको सरनेम लियोन होईन बल्की लियोनी हो । तर उनलाई गलत सरनेमबाट बोलाउँदा केहि नराम्रो लाग्दैन । सन्नी लियोन भन्छिन् आफुलाई मन पराउनेहरुलाई छुट दिएकी छु । उनले के पनि भनिन भने महेश भट्टले पनि उनको नाम गलत तरिकाले बोलाउछन् ।