शिव परियारले प्रेमीकासँग गरेको भुल

काठमाण्डौँ-‘म त मर्छु क्यारे’को अपार सफलतापछि संगीतकार नीम संगीतले पुनस् अर्को गीत लिएर आएका छन् । शिव परियारको स्वरमा ‘तिमीलाई यि नयनमा’ बोलको यस गीतमा भास्कर काजीका शब्द रहेका छन् भने नीम संगीतको संगीत संयोजन र संगीत रहेको छ । य गीतको भिडियो सार्वजनिक भएको छ ।

नीमले संगीत भरेको ‘अमेर प्रेम’ नामक एल्बममा रहेको ‘म त मर्छु क्यारे, तिमी धेरै बर्ष बाँच’ बोलको गीत सुगम संगीतको इतिहासमा अमिट छाप बनेर रहिरहेको छ । माथी उल्लेखित शिव परियारको स्वरमा रहेको गीत यसै एल्बममा समावेश छ । यस पछि प्रमोद खरेलको स्वरमा रहेको ‘प्रेमको हत्यारा’ बोलको गीत पनि सार्वजनिक हुने तयारीमा रहेको संगीतकार नीमले बताए । ‘अमर प्रेमलाई अमर प्रेम म्यूजिकले बजारमा ल्याएको हो ।